महाशिवरात्रिमा काठमाडौंका यी क्षेत्रहरूमा सवारी चलाउन पाइँदैन
महाशिवरात्रिमा काठमाडौंका यी क्षेत्रहरूमा सवारी चलाउन पाइँदैन
    • बेल संचार

    • १३ फाल्गुन २०८१, मंगलवार

काठमाडौं

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा हुने अत्यधिक भीडलाई व्यवस्थित गर्न विभिन्न स्थानमा सवारी आवागमनमा रोक लगाइने भएको छ।

सवारी निषेध गरिएका क्षेत्रहरू:

  • सिनामंगल – गौशाला – चावहिल चक्रपथ क्षेत्र
  • पुरानो बानेश्वर – भीमसेन गोला – सिनामंगल – तिलगंगा
  • रातोपुल – कालोपुल – सिफल – पशुपति क्षेत्र
  • चावहिल – गौरीघाट – पशुपति प्रवेश क्षेत्र

वैकल्पिक मार्ग र पार्किङ व्यवस्था:

  • पार्किङ क्षेत्रहरू

    • तिलगंगा आँखा अस्पताल अगाडि
    • सिफलचौर
    • गुह्येश्वरी पारि करिडोर सडक
    • बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानी ट्याङ्करहरूका लागि विशेष पार्किङ
  • पासवाहक तथा सुरक्षाकर्मीका सवारीका लागि

    • कोषको कार्यालय (पशुपति क्षेत्र विकास कोष)
    • सिफलचौर
    • प्रहरी वृत्त गौशाला

महाशिवरात्रिको दिन भक्तजनको सहज आवागमन सुनिश्चित गर्न ८९० जना ट्राफिक प्रहरी खटाइनेछ। भीड अत्यधिक बढेमा गौशाला हुँदै चक्रपथ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। साथै, सम्भावित सवारी चोरी नियन्त्रणका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ।

ट्राफिक प्रहरीले भक्तजनलाई आफ्नो सवारी सुरक्षित स्थानमा पार्क गर्न तथा तोकिएका मार्गहरूको पालना गर्न अनुरोध गरेको छ।

साताकाे चर्चित
सम्बन्धित