युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल पोस्टमार्फत युरोपबाट ऐक्यबद्धता र सहयोग प्राप्त भइरहेको उल्लेख गरेका छन्।
‘वास्तविक शान्ति प्राप्त गर्ने आवश्यकतामा सबैजना एकजुट छन्,’ जेलेन्स्कीले लेखेका छन्, ‘हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। यो सम्पूर्ण युरोपको माग हो।’
उनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘हामीले अमेरिकाप्रति कृतज्ञता व्यक्त नगरेको कुनै दिन पनि भएको छैन।’
यसअघि आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा धेरै युरोपेली देशका नेताहरूको बैठक भएको थियो, जसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि उपस्थित थिए।