रुसको आक्रमणबाट युक्रेनमा २५ जनाको मृत्यु
रुसको आक्रमणबाट युक्रेनमा २५ जनाको मृत्यु
    • बेल संचार

    • २५ फाल्गुन २०८१, आईतवार

काठमाडौं ।

रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रबार राति युक्रेनले दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो, जसका कारण आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको छ। बिहीबार राति पनि रुसको आक्रमणबाट पाँच जनाको ज्यान गएको थियो।

बीबीसीका अनुसार, शुक्रबार राति रुसले ब्यालेस्टिक मिसाइल प्रहार गर्दा दोनेत्स्क क्षेत्रमा मात्रै ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। आक्रमणका कारण भवनहरूमा आगलागी भएको भिडियो सार्वजनिक भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्रतिबन्ध र शुल्क वृद्धिबारे सोचिरहेको अभिव्यक्ति दिएलगत्तै रुसले यो आक्रमण गरेको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित