राष्ट्रिय अपाङ्गता संगठन नेपालको अध्यक्षमा जगदीश प्रसाद अधिकारी सहित ५५ जना सदस्य नयाँ कार्यसमिति चयन
राष्ट्रिय अपाङ्गता संगठन नेपालको अध्यक्षमा जगदीश प्रसाद अधिकारी सहित ५५ जना सदस्य नयाँ कार्यसमिति चयन
    • शर्मिला विश्वकर्मा

    • १ बैशाख २०८२, सोमबार

काठमाडौँ

नेकपा एमाले को जन वर्गीय संगठन राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन यही चैत ३० गते काठमाडौँमा सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंखर पोखरेलले उद्घाटन गर्नुभएको राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो अधिवेशनमा जगदीश प्रसाद अधिकारी अध्यक्ष, उपाध्यक्षमा निर्मला धिताल, कृष्ण गौतम र महासचिवमा रमेश लामा, उपमहासचिवमा शिशिर खनाल, सचिवमा राजु बस्नेत, देवीदत्त आचार्य, खोमराज शर्मा र कोषाध्यक्षमा कमला बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनले ९ पदाधिकारी सहित ५५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले राष्ट्रिय अपाङ्गता संगठन नेपालले अपाङ्गता भएका व्यक्तिहरूका समग्र सवालहरूमा कार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

यसै क्रममा उहाँले गणतन्त्रको पक्षमा अपाङ्गता सङ्गठनले सशक्त आवाज उठाएर आम समाजलाई सन्देश दिन आग्रह गर्नुभयो । राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनका विशेष अतिथि पार्टी स्थायी कमिटी सदस्य एवम् जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका नीति कार्यक्रममा अपाङ्गता सङ्गठनको उल्लेखनीय भूमिका रहँदै आएकोमा सङ्गठनको प्रशंसा गर्नु भयो । उहाँले नीतिहरूलाई अपाङ्गता समुदायसँग जोड्न सङ्गठनले अहम् भूमिका खेलिरहेको र पार्टीले यी विषयहरूलाई उच्च मुल्याङकन गरेको कुरामा जोड दिनु भयो ।

राष्ट्रिय अपाङ्गता सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा सङ्गठनका पूर्व इन्चार्ज उषाकला राई र हालका इन्चार्ज एवम् पार्टी केन्द्रीय कमिटी सदस्य धर्मदत्त देवकोटा, पार्टी केन्द्रीय कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका सदस्य रचना खड्का, नेकपा एमालेका लेखा आयोग सदस्य कोमल भट्टराई लगायतको आतिथ्य भएको सो कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष मित्रलाल शर्माले अध्यक्षता गर्नुभएको थियो । राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नवनिर्वाचित अध्यक्ष जगदीश प्रसाद अधिकारीले केही समयमा प्रथम केन्द्रीय कमिटीको बैठक बसी आगामी योजना कार्यक्रम तय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले देशभरि संगठन निर्माण तथा प्रशिक्षणहरू आयोजना गर्नु पर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई नीति निर्माण तहमा पुर्याभउन वकालत पैरवी गर्ने, अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न सवालहरू नै यस सङ्गठनको मुख्य सवालहरू रहेको भन्दै अब आउने केन्द्रीय कमिटी बैठकमा यी सबै सवालहरूमा छलफल गरेर योजनाबद्ध रूपमा सबैलाई समान जिम्मेवारी प्रदान गरेर अघि बढ्ने बताउनु भयो । राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट ९ पदाधिकारी सहित ५५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

उक्त कमिटिका सदस्यहरू मिना पौडेल, शर्मिला विश्वकर्मा, भिमा खतिवडा गोविन्द विष्ट, देवी आचार्य, खेम कुमारी ढुङ्गेल, जितेन्द्र कुमार यादव, कविता श्रेष्ठ, गोकर्ण तिवारी, शोभा पौडेल, लक्ष्मण सुवेदी, रेनुका पन्थी, कृष्ण बहादुर जि.सी., डिलसरा बोहरा, शेर बहादुर ओली, अर्जुन रावल, शुष्मा कार्की, कलाधर भण्डारी रहनु भएको छ ।

अन्य सदस्यहरूमा चित्र माया आले, सागर लुइँटेल, दिलीप सापकोटा, सिता बराइली, सुनिता थापा, अमृत राई, डा. गोविन्द आचार्य, सत्यवती वाग्ले, सन्तोष के. सी., सूर्य बहादुर बुढाथोकी, जानुका रोक्का,पुष्पराज रिमाल, रविन मैनाली, विकाश श्रेष्ठ, नवराज सोती, बुद्धि बहादुर वागदास, विजय कुमार, यादव, कृष्ण अधिकारी, दयाराम अधिकारी, धनजंग थापा, रामप्रसाद धमला, सुरेश चन्द्र न्यौपाने, रोहिणी प्रसाद उपाध्याय, सविन रुपाखेती, श्याम कार्की, कनैयालाल राना, शङ्कर उपाध्याय र हेमनाथ ज्ञवाली सदस्य चयन हुनु भएको छ ।

सो सम्मेलनबाट लेखा आयोग प्रमुख के.पी. अधिकारी, अनुशासन आयोग प्रमुख नेत्र सापकोटा, सदस्य गुणराज खतिवडा र निर्वाचन आयोग प्रमुख डा. लक्ष्मण प्रसाद ज्ञवाली सदस्यहरूमा तारा ढकाल र राजेन्द्र घिमिरे रहनु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित