टेवा अनुपमा अभियान तथा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम
टेवा अनुपमा अभियान तथा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम
    • शर्मिला विश्वकर्मा

    • १ बैशाख २०८२, सोमबार

काठमाडौं

डाउन सिण्ड्रोम समाज नेपालले टेवा र अन्तर पुस्ता महिला सञ्जाल (IGFF) को सहकार्यमा चैत ३० गते टेवा अनुपमा अभियान तथा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम काठमाडौँमा आयोजना गरेको छ । कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष शिला थापाले सहभागी सबैलाई स्वागत गर्दै मानिसको शरीरमा ४६ वटा क्रोमोजोम हुनु पर्नेमा एक क्रोमोजोम बढी भएर ४७ वटा क्रोमोजोम हुने अवस्था नै डाउन सिण्ड्रोम अवस्था हो भन्दै एउटा बढी हुने क्रोमोजोम २१ औ जोडीमा देखिने हुनाले यसलाई ट्राइसोमी २१ पनि भनिने बताउनु भयो ।

साथै उहाँले डाउन सिण्ड्रोम अपाङ्गताको लक्षणहरू बताउँदै अपाङ्गताको वर्गीकरणका विषयमा पनि जानकारी गराउनु भयो । यसै क्रममा उहाँले टेवाले विशेष गरी महिलाहरूको सशक्तीकरण तथा क्षमता विकासका लगायतका विभिन्न क्षेत्रमा काम गर्नका लागि साथ सहयोग प्रदान गर्ने भन्दै यस संस्थाका क्रियाकलाप तथा विभिन्न गतिविधिहरूको बारेमा जानकारी गराउनु भयो ।

उहाँले टेवाले क्षमता अभिवृद्धि, सामुदायिक पोपकारिता, कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक श्रोतको व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने भन्दै यस संस्थाले एउटै वर्ग मात्रै नभएर सबै वर्गका महिलाहरूको लागि काम गर्ने बताउनु भयो । साथै उहाँले टेवा नामक संस्थाकी संस्थापक रिता थापाले सबै प्रकारका महिलाहरूको हक हित र अधिकार सुनिश्चित गराउन सहज होस् भन्ने उद्देश्यले अन्तर पुस्ता महिला सञ्जाल मार्फत अनुपमा अभियानको सुरुवात गर्नु भएको बताउनु भयो ।

च्सित ३० गते काठमाडौमा आयोजना गरिएको यस कार्यक्रममा अपाङ्गता अधिकारकर्मी तथा नेपाल अपाङ्ग महिला संघकी महासचिव देव कुमारी पराजुलीले अन्तर पुस्ता महिला सञ्जालले (IGFF) महिलाको नेतृत्व तहमा सहभागी महिलाहरूको अधिकार प्रवर्धनका लागि अगाडी बढ्न सहयोग गर्ने भन्दै जो कोही महिलाहरू पनि अन्तर पुस्ता महिला सञ्जालमा सदस्यता बन्न सक्ने बताउनु भयो ।

साथै उहाँले अनुपमा अभियानले महिलाहरूलाई सशक्त बनाउनका लागि प्रेरणा दिने बताउनु भयो । त्यसै गरी काठमाडौँ महानगरपालिका वडा नं २६ का वडा सदस्य प्रवेश श्रेष्ठले जुनै पनि सहयोगको आवश्यकता भएका महिलाहरू तथा अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पनि डाउन सिण्ड्रोम अपाङ्गताका सवालहरूलाई प्राथमिकता दिएर सक्दो र आवश्यक सहयोग गर्नु पर्ने भन्दै यस्ता अभिमुखीकरण कार्यक्रमहरूले सम्बन्धित विषयको जानकारी दिने र आफूले आफैलाई शिक्षित बनाउन सहयोग गर्ने भन्दै डाउन सिण्ड्रोम समाज नेपालले सञ्चालन गरेका कार्यक्रमहरू तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक र सक्दो सहयोग गर्न प्रयासरत रहेको बताउनु भयो ।

टेवा अनुपमा अभियान तथा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी कृष्ण चौधरीले महिला सम्बन्धी महिला शक्ति शीर्षकमा प्रेरणादायी कविता वाचन गर्नु भयो भने पवित्रा भियालले महिलाका विषयमा गीत प्रस्तुत गर्नु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित