काठमार्डौ
सानो छँदा झुम्म पानी पिएर झुम्म भएकाहरु देख्दा कहिले खुशी पनि दिन्थ्यो त कहिले रीस उठ्थ्यो। अलि ठूलो भए पश्चात त्यो पानी कस्तो होला भन्ने कौतुहल लागेर चाख्नका लागि अवसरको खोजिमा लामो समय वित्यो। चाखेको दिन नराम्रो गन्ध आएको र नमिठो तितो टर्रो भएको बाहेक केहि याद छैन्। खोयाबिर्के खाले मात्र गन्हाउँछन र सिसीमा भरिएको चाहिँ गन्हाउँदैन र मिठो हुन्छ भन्ने लागेर सिसीवालामा ध्यान गयो। सिसीवालाको पनि अवस्था उहि रहेछ र यस्ले खोया बिर्के भन्दा बढीनै झुम्म बनाउने रहेछ भन्ने विश्वास बढेर गयो। अव झुम्म पानीले मलाई मात्र नभएर समाज, देश, विदेशका, सोझा जनता, बाँङगे जनता, खुल्किएका, मात्तिएका, भद्र आदि सबैलाई एक मुष्ठ रुपमा खोया बिर्के अनि सिसीवालाले कहिल्यै नउठ्ने गरेर सुताई दियो। कलियुग झुम्म पानीको युग रहेछ।
आज शिक्षित भनिएका, अशिक्षित भनिएका र धनी अनि गरीब सबैको घर परिवार झुम्म पानीले उठ्नै नसकिने गरेर थलिएको छ। १९औँ शताव्दीमा बेलायत र अमेरिकाले चाइनाका जनतालाई झुम्म बनाएर राख्नका लागि अफिमको व्यवपार गरेर इतिहासमा एकताका उठ्नै नसक्ने गरेर सुताइ दिएका थिए। काठमाण्डौमा आक्रमण गर्ने दिन पृथ्विनारायण शाहले झुम्म पानी लगाएर झुम्म हुने इन्द्रजात्राको दिन छनोट गरेकोले युद्ध सफल भयो र आज हामी सँसारमा गरिब, भनेको नमान्ने खुल्किएका नेपाली भएर बस्दैछौँ।
पृथ्विनारायणको विजयमा पनि झुम्म पानीले अत्यन्त ठूलो भूमिका खेलेको मूल्याङकन हुनु पर्छ। हामी झुम्म पानी लिनेहरुले नलिनेका लागि सदा सहयोगी भूमिका खेलेका हुन्छौँ भन्ने चाही बिर्सनु हुँदैन्।
आजको विश्वमा झुम्म पानी नभएको भए स-साना निहुँमा अनेक किसिमका ठूला अमानविय घटनाहरु घट्ने थिएनन्। सोझा साधारण जनताहरु झुम्म पानीको नियमित सेवन गर्ने थिएनन भने घरपरिवारमा कलह आउने थिएन अनि समाजमा झगडा हुने थिएन्। हाम्रो देश झुम्म पानीको लतमा फसेको छ। आज बहुसँख्यकको घरमा सेवन हुने झुम्म पानीले गर्दा समाज लथालिङग भएको छ।
क्यान्सर रोगको उपचार होला तर झुम्म पानीको लतको उपचार छैन्। हामी दिन प्रतिदिन खोया बिर्के अनि सिसीवाला र क्यानवालाको लतमा छौँ। अलि बढी झुम्म चाहनेहरुले गाँजा चरेस अनि अफिम तथा गन्ध सुँग्धको पनि स्वादमा छौँ। हामी अव उठदैनौँ होला। कलियुग झुम्म पानीको युग रहेछ।
नियमित रुपमा उच्च रक्तचाप अनि मधुमेयको औषधी सेवन गरेजसरी मिले सम्मको झुम्मपानी सेवन गर्ने बानीले परिवारका स-साना बाबुनानीहरु डराइरहेका छन्, हुर्किएरकाहरु पनि मुठभेड नगरि सहेर बसेका छन अनि एकाघरकी श्रीमतिले सकेको प्रतिकार गरेकाछन अनि हार मानेर आफैलाई धिर्कार गर्दै जिएका छन्।
हामी झुम्मपानी वालाहरु चमक नभएका आँखाहरु अनि फुस्रा चेहरा देखाउँदै अनेकन बहाना बनाउँदै आफ्नो बानी सुधार्न चाहँदैनौँ। हे भगवान कलियुग भनेको झुम्म पानी सेवन गर्नेहरुकै युग रहेछकी केहो? कलियुग झुम्म पानीको युग रहेछ।