काठमाडौं । बुधबार साँझ बालुवाटार बैठकमा न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी के हुँदैछ भनी सत्ता साझेदार दलहरुले जिज्ञासा राखेका छन् । त्यसका लागि गठित समितिमा रहेका सदस्यहरुले थप एक दिन माग गरेका छन् ।
भोलिसम्म काम सकेर दोस्रो बैठक शुक्रबार बस्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि सरकारको न्यूनतम साझा कार्यक्रमबारे दलहरुको साझा धारणा आउने छ ।
प्रधानमन्त्री प्रचण्ड धेरैवटा दललाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बाध्यतामा छन् । त्यसका लागि मन्त्रालयहरु नै फुटाउने चर्चा चलेको छ । बैठकमा सहभागी दल हरुले यसबारे उनीसँग जिज्ञासा राखेका थिए । राप्रपाले यसमा जोड दिँदै सबैलाई भाग पुर्याउनका लागि भनेर मन्त्रालय फुटाउँदा जनतामा गलत सन्देश जाने भन्दै त्यसो नगर्न सुझाव दिएको थियो ।