सत्ता गठबन्धन चुनाव सार्न अघि बढेको छ, मंसिरमा चुनाव हुनैपर्छ: अध्यक्ष केपी शर्मा ओली
सत्ता गठबन्धन चुनाव सार्न अघि बढेको छ, मंसिरमा चुनाव हुनैपर्छ: अध्यक्ष केपी शर्मा ओली
    • Bell Sanchar

    • ४ श्रावण २०७९, बुधबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय निर्वाचन पछि धकेल्न सत्ता गठबन्धनले प्रयास गरिरहेको आरोप लगाएका छन्।

बागमती प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ओलीले संवैधानिक अंगलाई समेत दबाबमा राखेर सत्ता गठबन्धन चुनाव सार्न केन्द्रित रहेको आरोप लगाएका हुन्।

‘संवैधानिक अंगहरुलाई समेत अपवित्र गठबन्धनको मतियार बनाएर निर्वाचन पर सार्ने खतरा छ’,  ओलीले भने, ‘संसदीय निर्वाचन मंसिरमा हुनैपर्छ यसलाई तलमाथि  हुन दिनुहुँदैन।’

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन समेत पछि सार्न खोज्दा एमालेकै दबाबका कारण वैशाखमा निर्वाचन सम्भव भएको ओलीको दाबी छ।

मंसिरमा संसदीय निर्वाचन गराउन पनि दबाब दिनुपर्ने उनले बताए। एमालेको नेतृत्वमा सरकार बनाउनेगरी संसदीय निर्वाचनको तयारी गर्न ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘समयमै निर्वाचन गराएर देशभक्त सरकार बनाउनुपर्छ। देशभक्त र लोकतन्त्रका निम्ति काम गर्न एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ,’ उनले

साताकाे चर्चित
सम्बन्धित