जुम्लाका आठ स्थानीय तह मध्ये चन्दननाथमा बढी, गुठिचौरले कम बजेट ल्यायो
जुम्लाका आठ स्थानीय तह मध्ये चन्दननाथमा बढी, गुठिचौरले कम बजेट ल्यायो
    • उमेश बुढा

    • ११ असार २०८०, सोमबार

 जुम्ला ।

१ नगरपालिका र ७ ओटा गाउँपालिकाले रहेको जुम्लाका सबै पालिकाले आर्थिक वर्ष २०८० र ०८१ को  बजेट ल्याएका छन् ।

जसमा सबैभन्दा बढी बजेट चन्दननाथ नगरपालिकाले ल्याएको छ, भने सबैभन्दा कम बजेट गुठिचौर गाउँपालिकाले ल्याएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकाले ५५ करोड, १० लाख, ८० हजार, बजेट ल्याएको छ । त्यस्तै गरी कनकासुन्दरीले ४८ करोड, २९ लाख, ४३ हजार, ८ सय, ८१,  तिलाले ४४ करोड, ९२ लाख, ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख, ३७ हजार, तातोपानीले ४० करोड, २५ लाख, ८२ हजार , २ सय,  हिमाले ३९ करोड, ९७ लाख, ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड, ३९ लाख, २० हजार ३ सय

आठै पालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विकास गर्ने विषयमा आधारित भएर सबै पालिकाले बजेट ल्याएका छन् । अधिकांस स्थानीय तहले कृषिलाई प्राथमिकता दिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित