कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत सामग्री   
     कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत सामग्री   
    • Bell Sanchar

    • २३ भाद्र २०८०, शनिबार

गलेश्वर (म्याग्दी)

गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले आज रु १५ लाख बराबरको राहत सामग्री पठाएको छ ।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको हो । लायन्स अन्तर्राष्ट्रिय एलसीआइएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्टअन्तर्गत प्राप्त दश हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको ‘डिजास्टर फण्ड’बाट करिब रु दुई लाख रकम गरी रु १५ लाख बराबरको समान पठाइएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी सन्तोष रावलले जानकारी दिनुभयो ।

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडादेखि खाद्यान्नसहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनियो, ब्लाङकेट, म्याट्रेसलगायतका दैनिक उपभोग्य वस्तु पठाइएको रावलले बताउनुभयो ।

कागबेनीधाममा साउन २८ गते साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठूलो क्षति पु¥याएको थियो । बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् ।

ठाँडो खोलाको बाढीले २९ घर बगाएको थियो भने केही घरमा आंशिक क्षति पु¥याएको थियो । बाढीले स्थानीयका घर, पसल, होटल, प्रहरीचौकी भवन, वडा कार्यालयलगायतका घर पूरै बाढीले बगाएको थियो ।

राहत सामग्री पठाउँदै रावलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले लायन्सले बाढी, पहिरो, भूकम्प, आँधीहुरीजस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितलाई राहत तथा उद्धारको काम गर्दै आएको जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित