सिरियामा पुनः हिंसा चर्कियो, तीन दिनमा १,००० भन्दा बढीको मृत्यु
सिरियामा पुनः हिंसा चर्कियो, तीन दिनमा १,००० भन्दा बढीको मृत्यु
    • बेल संचार

    • २५ फाल्गुन २०८१, आईतवार

दमस्कस ।

केही हप्ताको शान्तिपछि सिरिया पुनः हिंसाको चपेटामा परेको छ। गत तीन दिनदेखि सिरियाली सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच जारी द्वन्द्वमा १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

सिरियाको अवस्थाको अनुगमन गर्ने एक संस्थाका अनुसार मारिनेहरूमा ७४५ जना सर्वसाधारण रहेका छन्, जसलाई नजिकबाट गोली प्रहार गरिएको थियो। साथै, झडपमा १२५ जना सुरक्षा बल र १४८ जना असद समर्थक लडाकु मारिएका छन्।

सिरियाली सरकारले हिंसाग्रस्त शहर लताकियामा पिउने पानी र बिजुलीको आपूर्ति काटेको छ। बिहीबार सुरु भएको हिंसा देशका विभिन्न भागहरूमा तीव्र रूपमा फैलिएको छ।

शुक्रबारदेखि सुन्नी मुस्लिम सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले पूर्व राष्ट्रपति असदका समर्थक अलावि समुदायका मानिसहरूलाई निशाना बनाउन थालेपछि हिंसा झन् भयावह बनेको बताइएको छ। स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको भए पनि हालसम्म द्वन्द्व रोकिएको छैन।

साताकाे चर्चित
सम्बन्धित