जुम्ला ।
आउँदो २०८२ साल बैशाख १० गतेदेखि २१ गतेसम्म, १२ दिनसम्म जुम्ला जिल्लाको सिंजा गाउँपालिका अन्तर्गत नराकोट बजार नजिकैको चुलेल गाउँ, चाँगामा “सिंजा महोत्सव २०८२” भव्य रूपमा आयोजना हुने भएको छ।
सिंजा सञ्चार केन्द्रको आयोजनामा तथा सिंजा गाउँपालिकाको संरक्षणमा सम्पन्न हुने यो महोत्सवले सिंजा क्षेत्रको विशिष्ट भाषा, संस्कृति, कृषि, पर्यटन तथा व्यापारको समग्र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
यस महोत्सवमा निम्न विषयवस्तुहरू प्रस्तुत गरिनेछन्:
खस भाषा, संस्कृति र सभ्यताको संरक्षण र प्रवर्द्धन
जुम्लाका प्रसिद्ध कृषि उपज—मार्सी धान, स्याउ, सिमी, ओखर तथा रैथाने बालीहरूको प्रदर्शनी र जानकारीमूलक कार्यक्रम
कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू लगायतका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन
सिंजाको मौलिक भेषभूषा, जीवनशैली, मस्टो संस्कृति र परम्परागत ज्ञानको संरक्षण र प्रदर्शनी
१२ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा हस्तकलाका स्टलहरू, मनोरञ्जनात्मक खेलकुद लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
सिंजा क्षेत्रमै पहिलोपटक यति ठूलो स्तरमा आयोजना हुन लागेको “सिंजा महोत्सव २०८२” सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछ।
आउनुहोस्—साझै हर्षको उत्सव मनाऔं, सिंजालाई चिन्नुहोस् र चिनाऔं।
आयोजक: सिंजा सञ्चार केन्द्र
संरक्षक: सिंजा गाउँपालिका
व्यवस्थापन: भावना एम्युजमेन्ट प्रा.लि.
यस महोत्सवले स्थानीय अर्थतन्त्र, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सिंजा महोत्सव २०८२ मा सहभागी भई साझा संस्कृतिको रंगमा रमाऔं।