शिक्षक आन्दोलनबारे छलफल गर्न कांग्रेस महामन्त्रीद्वयको सक्रियता
शिक्षक आन्दोलनबारे छलफल गर्न कांग्रेस महामन्त्रीद्वयको सक्रियता
    • बेल संचार

    • २ बैशाख २०८२, मंगलवार

काठमाडौं 

आन्दोलनरत शिक्षकहरूका प्रतिनिधिसँग नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार सानेपामा छलफल गरेका छन्।

कांग्रेसको केन्द्रीय कार्यालयमा भएको उक्त बैठकमा शिक्षक महासंघका पदाधिकारीहरूसँग शिक्षकहरूले उठाएका माग र आन्दोलनका विषयमा गहिरो छलफल गरिएको जनाइएको छ। छलफलमार्फत आन्दोलनको समाधानका लागि कांग्रेसले सक्रिय भूमिका खेल्ने संकेत महामन्त्रीद्वयले दिएका छन्।

पछिल्लो समय शिक्षण पेशामा देखिएको असन्तुष्टिलाई लिएर शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्। उनीहरूले पेशागत मागहरूमाथि सरकारको ध्यानाकर्षण गराउन निरन्तर दबाब दिँदै आएका छन्।

साताकाे चर्चित
सम्बन्धित