बजेट नहुँदा निसीखोलाको अस्पताल अलपत्र
बजेट नहुँदा निसीखोलाको अस्पताल अलपत्र
    • बेल संचार

    • ३ बैशाख २०८२, बुधबार

बागलुङ, वैशाख ३ – बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–४, झिम्पामा निर्माणाधीन १० शैय्याको आधारभूत अस्पताल बजेटको अभावमा अधुरो बनेको छ।

२०७८ साल माघ महिनामा सम्झौता भई सुरु गरिएको निर्माण कार्य २०८० पुससम्म सम्पन्न गर्ने लक्ष्य थियो। हिन्दुङ आइएस/एसी जेभीले आठ करोड २४ लाखको लागतमा निर्माण कार्य थालेको भए पनि हालसम्म करिब ९० प्रतिशत मात्रै काम सकिएको कम्पनीका प्रमुख दीपककुमार अदैले जानकारी दिए।

उनका अनुसार, पालिकाबाट अझै एक करोड १० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको छ भने थप ६० लाखको व्यवस्थापन भए बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न सकिनेछ।

“लामो समयदेखि काम गरे पनि भुक्तानी नपाउँदा निर्माण प्रक्रिया प्रभावित भएको छ,” अदैले गुनासो गरे। उनका अनुसार, पालिकाले समयमै बजेट व्यवस्था गरेको भए अस्पताल अघिल्लो वर्षमै सम्पन्न भइसक्ने थियो।

साताकाे चर्चित
सम्बन्धित