संचारकर्मी ओझा युएनपिकेएफसी हुमेनिटेरियन लिडरशिप अवार्डबाट विभुषित
संचारकर्मी ओझा युएनपिकेएफसी हुमेनिटेरियन लिडरशिप अवार्डबाट विभुषित

संचारकर्मी सरोज ओझा अन्तरराष्ट्रिय संस्था युनाईटेड नेशन पिस किपर फेडरल काउन्सिल (युएनपिकेएफसी) बाट सम्मानित भएका छन् ।

    • Bell Sanchar

    • ६ मंसिर २०७८, सोमबार
 काठमाडौं-
संचारकर्मी सरोज ओझा अन्तरराष्ट्रिय संस्था युनाईटेड नेशन पिस किपर फेडरल काउन्सिल (युएनपिकेएफसी) बाट सम्मानित भएका छन् ।
युएनपिकेएफसीद्वारा आईतबार काठमाडौं स्थित होटेल मेरियटमा आयोजित एक कार्यक्रम समारोह माझ उनीहरु सम्मानित भएका हुन । संचारकर्मी ओझालाई युएनपिकेएफसीकी अन्तरराष्ट्रिय अध्यक्ष डाटुक डा. अपिनिता चेचेनले सम्मानपत्र र मेडल सहित सम्मान गरेकी थिईन् ।सो अवसरमा ओझा सहित वरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल लगायत नेपाल, थाईल्याण्ड, म्यानमार, कोरिया, रसिया, भारत लगायतका देशका धार्मिक गुरुहरु, कुटनितिक नियोगका अधिकारी, मानव अधिकारकर्मी आदी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
युएनपिकेएफसीको विभिन्न कार्यक्रम एवम् गतिविधीमा सिर्जनशिल भूमिका सहित पेशागत रुपमा योगदान पुर्याए बापत उनीहरु सम्मानित भएका हुन ।
ओझा एनटिभी न्युज सचेतना कार्यक्रमका प्रस्तोता एवम् निर्देशक र राज्य दैनिक डटकमका अध्यक्ष हुन भने वरिष्ठ पर्यटन व्यवसायी शर्मा भिटोनका सभापतिका साथै युएनपिकेएफसिका सल्लाहार हुन । युएनपिकेएफसि शान्ति र मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आईरहेको संस्था हो । यसको मुख्यालय थाईल्याडमा रहेको छ ।
Enter

You sent

yo ho

साताकाे चर्चित
सम्बन्धित