१२–१७ वर्षका बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी हुदै
१२–१७ वर्षका बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी हुदै
    • Bell Sanchar

    • २२ मंसिर २०७८, बुधबार

नेपाल सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी अघि बढेको बताएका छन ।

दाहालले भने, ‘हिमाली जिल्लाका बालबालिकालाई अहिले खोप लगाउन सकिने अनुकुल अवस्था छ/छैन भन्नेबारे बुधबार उक्त क्षेत्रका अधिकारीहरुसँग छलफल गर्दैछौं । उहाँहरुको सुझाव अनुसार नै बालबालिकालाई खोप लगाउँछौं ।’

तत्काल १० लाख डोज मोडेर्ना खोप आउने र जनवरी महिनाभित्र थप ४० लाख डोज माडर्ना खोप प्राप्त हुने दाहालको भनाइ छ । खोप प्राप्त भएसँगै अन्य जिल्लामा पनि बालबालिकालाई खोप अभियान सञ्चालन हुने उनले बताएका छन ।

साताकाे चर्चित
सम्बन्धित