एनआरएनए आईसिसी उपाध्यक्षमा उम्मेद्वारी दिएका केसी को हुन ?
एनआरएनए आईसिसी उपाध्यक्षमा उम्मेद्वारी दिएका केसी को हुन ?
    • Bell Sanchar

    • ६ माघ २०७८, बिहीबार

काठमाडौ – एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश के.सी. गैर आवासीय नेपाली संघको आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

लामो समयको तयारी साथै प्रतिक्षा पस्चात उनले आफ्नो दावेदारी पेश गर्न लागेका हुन । एनआरएनए अस्ट्रेलियाको अध्यक्ष भएर सफल कार्यकाल पुरा गरेका के. सी. यस अघि निर्वाचन तालिका सार्वजनिक भए लगत्तै नै आफु निर्वाचन लडने तयारीमा थिए । यद्यपी महाधिवेशन प्रतिनिधी चयनको बिषयमा विवाद उत्पन्न भएसँगै संघको निर्वाचन बेलैमा सम्पन्न हुन सकेको थिएन ।

निर्वाचन तालिका सार्वजनिक भएर पनि बेलैमा सम्पन्न हुन नसकेको एनआरएनएको अवरुद्ध निर्वाचन अब भने हुने माहौल बन्दै जाँदा निर्वाचनको सरगर्मी बढेको छ । यही मेसोमा उपाध्यक्ष पदको आकांक्षीका रुपमा के. सी. ले आफुलाई उभ्याएका हुन । एनआरएनए भित्र चर्चित र लोकप्रिय अनुहार साथै इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत के. सी. आँफै पनि सबल, सक्षम अनि अब्बल मानिन्छन् ।

विगत लामो समय देखी एनआरएनए अभियानमा सक्रिय गणेश केसी सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय छन् । विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियालेका केसीले गैर आवासीय नेपाली संघको लागि निकै नै महत्वपूर्ण योगदान दिदै आएका छन् । उनी केहि दिनमै एजेण्डासहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् । ।

केसीले सबैको सल्लाह सुझाव र आग्रहमा आगामी अक्टोवरमा हुने विश्व सम्मेलनमा उपाध्यक्षमा उम्मेदवारी दिन निर्णय गरिएको बताउनु भयो । ओसिनिया क्षेत्रबाट वर्तमान उपाध्यक्ष मन केसीले पुन: उम्मेदवारी नदिने निर्णय गर्नु भएपछि आपसी सहमती तथा सरसल्लाहमा केसीले साझा रुपमा उम्म्मेदवारी दिन लागेका हुन । नेपाल र अस्ट्रेलियायामा विभिन्न ब्यापार ब्यवसाय सञ्चालन गर्दै आएका केसी एनआरएनएका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले निकट व्यक्तीका रुपमा चिनिन्छन् । सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता शूरु गरेका थिए ।

त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउदै सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्टे«लीयाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष बन्न उनी सफल भएका थिए ।

सरल र सहृदयी भावना भएका केसीले आफ्नो काममा प्रतिबद्ध भएर लाग्दै एक पछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण उनले सबैको मन जित्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । अष्टे«लीयाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफुलाई एनआरएनए भित्र स्थापित गर्न सफल केसीले आफ्नो कार्यकालमा महापुराणबाट संकलीत एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै अष्टे«लीयाबासी नेपाली समुदायको लागि ठूलो योगदान दिएका थिए । सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडी बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि उनी सफल रहे भने ।

केसीले दुई वर्षे कार्यकाल निकै कुशलतापूर्वक सम्पन्न गरेसँगै २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य) मा अटाउनुभयो । सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडी बढाउन केसीलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो ।

एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै केसीले अह्रोरात्र खटिदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भए । त्यसैगरि उनी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल रहे । एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र हाल देखिदै आएको कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै आएका छन् । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय छन् ।

साताकाे चर्चित
सम्बन्धित