माओवादीले पहिलोपटक जनकपुरमा प्रशिक्षण कार्यक्रम गर्दै, प्रचण्ड आउँदै
माओवादीले पहिलोपटक जनकपुरमा प्रशिक्षण कार्यक्रम गर्दै, प्रचण्ड आउँदै

जनकपुरधाममा पहिलोपटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ। 

    • Bell Sanchar

    • ८ चैत्र २०७८, मंगलवार

आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आउने  माओवादी केन्द्र मधेस प्रदेश समितिका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिएका छन्।

जनकपुरधाममा पहिलोपटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

कार्यक्रममा २ हजार ५ सय जना नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ।

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्य, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय संगठनका प्रतिनिधिलगायत सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित