गाउँपालिका अध्यक्षलाई युवाको पत्र
गाउँपालिका अध्यक्षलाई युवाको पत्र
    • Bell Sanchar

    • ८ जेष्ठ २०७९, आईतवार

जुम्ला जिल्ला सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षलाई एक युवाले पत्र लेख्नुभएको छ। सिंजा गा पा ६ का जंगलाल रोकायाले निर्वाचित भईसकेपछि गाउँपालिका अध्यक्षले निर्वाह गर्ने भूमिका र जिम्मेवारीका साथै केहि जिज्ञासाहरुसमेत प्रस्तुत गर्नुभएको छ।

यसका साथै उहाँले नवनिर्वाचित अध्यक्षलाई बधाई समेत दिनुभएको छ।

उहाँ लेख्नुहुन्छ ” सर्वप्रथम त हार्दिक बधाई दिन चाहन्छु कडा प्रतिस्पर्धाका साथ गाउँ पालिका अध्यक्षमा विजयी हुनुभएकोमा । म एउटा सिंजा गाउँपालिकाको युवाको हैसियतले सानो पत्र लेख्दैछु। सिंजा गाउँपालिका लाइ नमुना गाउँपालिका बनाउने जिम्मा हजुरको काँधमा आएको छ । भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने जिम्मा हजुरको काँधमा आएको छ। हरेक बस्तिदेखि नराकोटसम्म ग्राबेल गरि सवारी साधन चल्ने खालको बाटो बनाउने जिम्मा हजुरको काँधमा आएको छ । हरेक उत्पादनको बजार व्यवस्थापन गर्ने जिम्मा हजुरको काँधमा आएको छ। चौबिसै घण्टा विद्युत् र टेलिफोन टेलिभिजन लगायतका संचारका माध्यम  सुचारु गर्ने जिम्मा हजुरको काँधमा आएको छ। के सिंजा गाउँपालिकालाई इण्डिया मुक्त गाँउपालि बनाउन सक्नु हुन्छ ? यसको जिम्मेवारी पनि हजुर को काँधमा आएको छ। मठ मन्दिर पाटिपौवा फलफूल मा बजेट छुट्याउनु भन्दा पक्कि सडकसंगै उत्पादन र बजार ब्यबस्थापनमा बजेटले प्रथामिकता पाओस् अबको पाँच बर्ष भित्र सक्नुहुन्छ र मिल्छ भने कम्तिमा पाँचवटा सार्बजनिक बस हालियोस् जसले रोजगारी सिर्जना गर्ने काम सँग-सँगै गाउँपालिकाको राजश्वमा बृद्धिमा ठुलो टेवा पुर्याउने छ जलविद्युत उत्पादनमा लगानि गरियोस् एउटा गतिलो स्वतन्त्र रेडियो संचालन गरियोस् नराकोट लाइ औधोगीक क्षेत्र घोषणा गरि स्थानीय उपलब्धता को आधारमा सरकारी तवरबाट उधोग संचालन गरियोस्। बिधालय देखि सरकारी कर्मचारी लाइ समाज सेवा मा राम्रो संग परिचालन गरियोस्। हरेक राजनितिक नियुक्तिहरु चिनेजानेको भन्दा क्षमतावान व्याक्ति लाइ गरियोस्।र अब को पाँच वर्ष जनताको शुखमय बिबात रहित बनोस्। म भन्दा हजुर जाने बुझेको मान्छे हुनुहुन्छ जनताको हकहितमा काम गर्नु हुनेछ भन्ने आशा !”

साताकाे चर्चित
सम्बन्धित