थप ४० जनामा कोरोना संक्रमण पुष्टि
थप ४० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन् ।

    • Bell Sanchar

    • २० असार २०७९, सोमबार

काठमाडौं

पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३५४ पुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित