विपक्षी सांसदले प्रधानमन्त्रीलाई पानी छ्यापेपछि कोसोभोको संसद्‌भित्रै झडप [भिडियो]
विपक्षी सांसदले प्रधानमन्त्रीलाई पानी छ्यापेपछि कोसोभोको संसद्‌भित्रै झडप [भिडियो]
    • Bell Sanchar

    • २९ असार २०८०, शुक्रबार

काठमाडौं ।

कोसोभोको संसद्‍मा सांसदहरूबीच हात हालाहात भएको छ । संसद्‍मा सत्तारूढ र विपक्षी दलका सांसदबीच विवाद हुँदा हात हालाहातको अवस्था आएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनीहरूबीच सत्तारूढ दलका एक सदस्यको अडियो रेकर्डिङलाई लिएर तीन दिनसम्म चलेको चर्को बहसपछि हात हालाहातको स्थिति आएको हो ।

विपक्षी दलका सांसदले प्रधानमन्त्रीमाथि पानीको बोत्तल प्रहार गरेपछि सांसदहरूबीच कुटाकुटको स्थिति आएको समाचारमा उल्लेख छ । दुई पक्षबीच संसद्भित्रै झडप भएपछि प्रहरी (मर्यादा पालक)ले छुट्याएका थिए ।

हेर्नुहोस् बीबीसीले राखेको भिडियो

 

साताकाे चर्चित
सम्बन्धित