न्यूयोर्क शहरमा निर्माणाधीन क्रेनमा आगो लाग्दा कम्तिमा छ जना घाइते [भिडियो]
न्यूयोर्क शहरमा निर्माणाधीन क्रेनमा आगो लाग्दा कम्तिमा छ जना घाइते [भिडियो]
    • Bell Sanchar

    • ११ श्रावण २०८०, बिहीबार

न्यूयोर्क शहरमा निर्माणाधीन क्रेनमा आगो लाग्दा कम्तिमा छ जना घाइते भएका छन् ।

बुधवार बिहान हेल्स किचेनको एक गगनचुम्बी भवनको बिचमा रहेको क्रेनमा आगो लागेर त्यसको एउटा भाग जनिमनमा खसेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार नयाँ ५० तले भवनको निर्माणस्थलमा उक्त घटना भएको हो । घटनाको भिडियो समेत सार्वजनिक भएको छ । क्रेनको एउटा भाग खसेर अर्को भवनमा लागेको भिडियोमा देखिन्छ । क्रेनको उक्त टुक्रा जमिनमा खस्दा कम्तीमा ६ जना घाइते भएको समाचारमा उल्लेख छ ।

फायर फाइटरहरूले नजिकैको छतबाट आगोलाई निभाएका थिए ।

 

साताकाे चर्चित
सम्बन्धित