जुम्लाका ८ वटै स्थानीय तहमध्ये तिला गाउँपालिका योजना कार्यान्वयमा अब्बल
जुम्लाका ८ वटै स्थानीय तहमध्ये तिला गाउँपालिका योजना कार्यान्वयमा अब्बल
    • Bell Sanchar

    • २१ श्रावण २०८०, आईतवार

जुम्ला

पछिल्लो समयमा तिलाले संरचनागत विकासमा फड्को मारेको छ । गाउँपालिकाले नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।

गाउँपालिकाले वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बिष्टले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० को आय–व्यय, योजनाको विवरण र वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले कूल अनुमानित बजेटको ४३ करोड ९८ लाख ७९ हजार ५८४ रुपैयाँ पालिकाले खर्च गरेको छ । चालू खर्चतर्फको बजेट ३२ करोड ७९ लाख ५ हजारमध्ये २८ करोड ७९ लाख ६६ हजार १७१ अथवा ८७ दशमलव ७२ प्रतिशत खर्च भएको छ ।

पुँजीगत खर्चको बजेट २७ करोड ८१ लाख ५ हजारमध्ये १५ करोड २४ लाख ४१ हजार ७६३ अथवा ५६ दशमलव २८ प्रतिशत गरी जम्मा चालू र पुँजीगत गरी ७३ दशमलव ४७ प्रतिशत जम्मा खर्च भएको छ । सो बजेटबाट संघीय सरकारलाई १ करोड ६९ लाख ७८ हजार ८६८ र प्रदेश सरकारलाई ६१ लाख ८० हजार २५० रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको छ ।

गाउँपालिकाको गत वर्ष बाँकी रहेको रकम २ करोड ४४ लाख १५ हजार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए । गाउँपालिकाले आन्तरिक राजस्व स्रोत २४ लाख संकलन गर्ने अनुमान रहेकामा १८ लाख ७६ हजार ५०३ रुपैयाँ मात्र राजस्व संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टको भनाइ छ ।

गत आव २०७९/८० मा तिलाको भौतिक प्रगति ९६ प्रतिशत भएको हो । संघ, प्रदेश र पालिकाको आफ्नै लगानी र विभिन्न ४ वटा अनुदानका शीर्षकबाट कूल १६७ वटा योजना छनोट गरिएकामध्ये असार मसान्तसम्म १६१ वटा योजनाको निर्माण सम्पन्न भएका छन् । ४ वटा योजना सम्पन्न हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित