१९ जना गायिकाले स्वर दिएको गीत सार्वजनिक [भिडियो]
१९ जना गायिकाले स्वर दिएको गीत सार्वजनिक [भिडियो]
    • Bell Sanchar

    • २१ श्रावण २०८०, आईतवार

काठमाडाैं ।

१९ जना गायिकाले स्वर दिएको गीत सार्वजनिक गरिएको छ । ‘तीज चाड नारीको’ बोलको गीतमा शान्तिश्री परियारदेखि समीक्षा अधिकारीसम्मका १९ जना गायिकाले स्वर दिएका छन् ।

यसको भिडियोमा पनि त्यति नै मोडलले नृत्य एवं अभिनय गरेका छन् । शुक्रवार सार्वजनिक यो गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ ।
दुर्गा पौडेलको प्रस्तुति रहेको गीतका शब्दहरु उनी स्वयंमले लेखेका हुन् ।

संगीत गायक खुमन अधिकारीले भरेका छन् भने संगीत संयोजन विनोद बाजुरालीको छ । गीतमा पुरुष स्वर भने खुमन र सूर्य खड्काको रहेको छ ।

महिलामा शान्तिश्री परियार, समीक्षा अधिकारी, शिला आले, टीका पुन, राधिका हमाल, पूर्णकला बिसी, प्रीति आले, जुना श्रीस, सुनिता बुढा क्षेत्री, सम्झना भण्डारी, शान्तारानी परियार, सम्झना लामिछाने मगर, जानकी तारामी मगर, अस्मिता डल्लाकोटी, सुमन थापा मगर, रेनुका भट्टराई, टीका सानु, सरिता कार्की र आशा बिसीले स्वर दिएका हुन् ।

भिडियोमा सम्झना बुढाथोकी, अञ्जु निरौलादेखि सारिका केसी, करिश्मा ढकालसम्मका मोडलहरू प्रस्तुत छन् ।

शंकर बिसीको निर्देशनमा भिडियो तयार भएको हो । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोलाई सम्पादनको काम भने नवीन घर्ती मगरले गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित