काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ८०३.७७ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार मंगलबार मध्यराति १ बजेर २५ मिनेटको समयमा चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई सुनसहित नियन्त्रणमा लिइएको हो।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका वाङ विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको सुरक्षा जाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीबाट पक्राउ परेका थिए।
पक्राउ परेका वाङ र बरामद सुनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि गौचरणस्थित विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।