छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा
छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (३० कात्तिक) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गरिन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पर्व समापन गर्ने धार्मिक परम्परा छ ।

सोही परम्परालाई मध्यनजर गर्दै सरकारले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यस निर्णयसँगै छठ पर्व मनाउने समुदायले दुवै दिन धार्मिक तथा सांस्कृतिक कार्यक्रमका लागि समय पाउने भएका छन् ।

यस्तो छ गृहमन्त्रालयको विज्ञप्ति

साताकाे चर्चित
सम्बन्धित