काठमाडौँ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलबिच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीच पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा सडक तथा यातायात पूर्वाधार निर्माण, दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार र संयुक्त विकास आयोजनाहरूलाई तीव्रता दिने सम्भावनाबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए।
नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास साझेदारीलाई नयाँ उचाइमा पुर्याउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत दुवै पक्षले व्यक्त गरेका छन्।