छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि राहदानी विभाग सोमबार (कात्तिक ३० गते) नियमित रूपमा खुला रहने भएको छ।

सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले बिदाको दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिएका छन्।

उनका अनुसार विभागले सोमबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म नियमित समयअनुसार सेवा प्रदान गर्नेछ।

छठ पर्व मनाउने विभागका कर्मचारीलाई भने उक्त दिन बिदा दिइएको महानिर्देशक विश्वकर्माले बताए।

साताकाे चर्चित
सम्बन्धित