काठमाडौं ।
सर्वोच्च अदालतले चार जना नयाँ न्यायाधीश पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसअनुसार शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
न्याय परिषद्को सिफारिसका आधारमा भएको यस नियुक्तिसँगै सर्वोच्च अदालतको न्यायाधीश पदमा उनीहरूले जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।
