मुगु ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले आफ्नो गृह जिल्ला मुगु पुगेर जिल्ला अस्पतालको स्थलगत अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा मन्त्री मल्लले अस्पतालको सेवा प्रवाहको अवस्था, भौतिक तथा व्यवस्थापकीय समस्या र स्वास्थ्यकर्मीले भोगिरहेका चुनौतीबारे जानकारी लिनुभएको थियो ।
अस्पतालमा देखिएका समस्यालाई क्रमशः समाधान गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन आवश्यक पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
यसैबीच, मन्त्री मल्ल जिल्ला अस्पतालको अनुगमनसँगै सुर्तीजन्य पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी समन्वय बैठक तथा अनुगमन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
स्वास्थ्य संस्थाको सेवा सुधार र जनस्वास्थ्यमा असर पार्ने सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोग नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।