नयाँदिल्लीमा बालेन र मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न
नयाँदिल्लीमा बालेन र मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न
    • बेल संचार

    • ७ मंसिर २०८३, सोमबार

काठमाडौं ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

वार्तामा नेपाल र भारतबीचको सम्बन्ध, आपसी सहकार्य तथा साझा हितका विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह सहभागी थिए।

त्यस्तै, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहितका अधिकारी पनि वार्तामा उपस्थित थिए।

भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद सहभागी थिए।

यसैगरी प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी.के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत अधिकारीको सहभागिता रहेको थियो।

दुवै देशका उच्च अधिकारीको उपस्थितिमा भएको यस वार्तालाई नेपाल–भारतबीचको कूटनीतिक तथा विकास साझेदारीलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

साताकाे चर्चित
सम्बन्धित