प्रधानमन्त्री बालेनले भेटे भारतीय राष्ट्रपति मुर्मु
प्रधानमन्त्री बालेनले भेटे भारतीय राष्ट्रपति मुर्मु
    • बेल संचार

    • ७ मंसिर २०८३, सोमबार

काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार नयाँदिल्लीमा भएको भेट प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटघाटमध्ये एक हो।

यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका थिए। उक्त भेटका क्रममा नेपाल–भारतबीच विभिन्न विषयमा समझदारी हुनुका साथै केही विकास परियोजनाको शिलान्यास तथा उद्घाटन गरिएको थियो।

मोदीले आयोजना गरेको दिवा भोजमा सहभागी भएपछि प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।

प्रधानमन्त्री शाह आइतबार भारतको औपचारिक भ्रमणमा नयाँदिल्ली पुगेका थिए। द्विपक्षीय भेटवार्ता तथा कार्यक्रम सम्पन्न गरी उनी सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

साताकाे चर्चित
सम्बन्धित