भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण
भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण
    • बेल संचार

    • ७ मंसिर २०८३, सोमबार

काठमाडौं ।

भारतले नेपाललाई कुल २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त हुने भएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा उक्त सहयोगबारे जानकारी दिइएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको आर्थिक सहयोग प्याकेजमध्ये भोटेकोशी क्षेत्रमा बाढीपछि भएको क्षतिको पुनर्निर्माणका लागि ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ अनुदान उपलब्ध गराइनेछ।

त्यसैगरी, बाँकी १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) मार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसअघि नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग उपलब्ध गराउन आग्रह गरेको थियो।

भारतबाट प्राप्त हुने यो आर्थिक सहयोगले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा नेपालका प्राथमिकताप्राप्त विकास आयोजनालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित