काठमाडौं ।
काठमाडौं महानगरपालिका–सिनामंगल क्षेत्रअन्तर्गत गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको छ। आगलागीको खबर पाएलगत्तै सुरक्षाकर्मी र दमकल टोली घटनास्थलमा पुगेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोदाममा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी छ। प्रारम्भिक विवरणअनुसार आगलागीको कारण अहिलेसम्म खुलेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र परिस्थितिअनुसार थप जानकारी सार्वजनिक गरिने बताएको छ।