मोरङ ।
कोशी प्रदेशमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा कुल २० लाख ८४ हजार २१९ मत खसेको थियो। तीमध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको र बाँकी मत बदर भएको कार्यालयले जनाएको छ।
जिल्लागत विवरणअनुसार ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम–१ मा चार हजार ५६६, इलाम–२ मा तीन हजार ८९५ मत बदर भएको छ। झापाका पाँचै निर्वाचन क्षेत्रमा पनि उल्लेख्य मत बदर भएको छ। झापा–१ मा चार हजार २६९, झापा–२ मा चार हजार ४६९, झापा–३ मा पाँच हजार ६२९, झापा–४ मा चार हजार ७६८ र झापा–५ मा चार हजार २१९ मत बदर भएको तथ्यांक छ।
यस्तै सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ।
मोरङ जिल्लामा भने बदर मतको संख्या सबैभन्दा धेरै देखिएको छ। मोरङ–१ मा चार हजार ८३७, मोरङ–२ मा छ हजार ५०, मोरङ–३ मा छ हजार ८२७, मोरङ–४ मा पाँच हजार २५६, मोरङ–५ मा सात हजार ८८९ र मोरङ–६ मा पाँच हजार ६४४ मत बदर भएको छ।
त्यसैगरी सुनसरी–१ मा चार हजार ४८९, सुनसरी–२ मा छ हजार २२९, सुनसरी–३ मा पाँच हजार ६११, सुनसरी–४ मा छ हजार ६७४ मत बदर भएको छ। सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुङ्गामा तीन हजार ३५६, उदयपुर–१ मा पाँच हजार ५४७ र उदयपुर–२ मा तीन हजार ६७३ मत बदर भएको कार्यालयले जनाएको छ।
प्रतिशतका आधारमा सबैभन्दा धेरै बदर मत मोरङ क्षेत्र नम्बर ५ मा १०.०६ प्रतिशत रहेको छ भने सबैभन्दा कम झापा क्षेत्र नम्बर ५ मा ३.९६ प्रतिशत रहेको छ।