सामान्य गिरावटबीच नेप्सेमा झिनो वृद्धि, २६४२ अंकमा कायम
सामान्य गिरावटबीच नेप्सेमा झिनो वृद्धि, २६४२ अंकमा कायम
    • बेल संचार

    • २७ श्रावण २०८३, बुधबार

काठमाडौं ।

साताको कारोबारको मध्यदिन बुधबार सेयर बजारमा सामान्य उतारचढाव देखिएको छ। अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि नेप्से परिसूचक भने झिनो अंकले बढेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२ अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन नेप्से ०.७९ अंकले बढेको थियो।

बजारमा कारोबार भएका कम्पनीमध्ये १०२ वटाको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ। यस्तै, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन यस्तो कारोबार रकम ४ अर्ब ११ करोड रुपैयाँ थियो।

समूहगत परिसूचकतर्फ लगानी समूह सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ। बैंकिङ ०.०५, फाइनान्स ०.२४ तथा होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले उकालो लागेका छन्।

यसैगरी विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० र व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्।

समूहगत कारोबारमा जलविद्युत् क्षेत्र अगाडि रहेको छ। यस समूहका कम्पनीमा १ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वाणिज्य बैंकमा ३६ करोड, उत्पादन तथा प्रशोधनमा २८ करोड र लगानी समूहमा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारदेखि कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ। इमर्जिङ नेपाल ५.४८, एचआईडीसीएल ४.९५ र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.८५ प्रतिशतले बढेको छ।

यता अपर लोहोरेखोलाको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। महिला लघुवित्त ५.१८ र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४.७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप अगाडि रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित