एनपीएल : टस जितेको जनकपुरले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने
एनपीएल : टस जितेको जनकपुरले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने
    • बेल संचार

    • १८ कार्तिक २०८३, मंगलवार

१७ कात्तिक, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ।

जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने अनुमानसहित पहिले बलिङ रोजेको बताएका छन्। यता विराटनगरका कप्तान सन्दीप लामिछानेले भने प्रतिस्पर्धी टोलीलाई चुनौती दिन सक्ने लक्ष्य खडा गर्दै त्यसलाई जोगाउने रणनीति रहेको बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित