समाजसेवी गायक नोर्चेल तामाङ सम्मानित
समाजसेवी गायक नोर्चेल तामाङ सम्मानित
    • बेल संचार

    • २४ कार्तिक २०८३, सोमबार

काठमाडौं ।

समाजसेवा, संस्कृति संरक्षण तथा रैथाने उत्पादनको प्रवर्द्धनमा सक्रिय समाजसेवी गायक नोर्चेल तामाङ सम्मानित हुनुभएको छ।

रैथाने एग्री प्रडक्ट्स नेपाल प्रा.लि.को आयोजनामा टोखा–४, धापासीस्थित रैथाने घरमा आयोजित ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३’ का अवसरमा बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले तामाङलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, तातोपानी निवासी तामाङ सामाजिक सेवा, संगीत तथा स्थानीय कला–संस्कृति संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आउनुभएको छ।

साताकाे चर्चित
सम्बन्धित