दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला कहाँ जान कति भाडा ?
दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला कहाँ जान कति भाडा ?

काठमाडौँ । दसैँका लागि आजदेखि (२७ गते) सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

    • Bell Sanchar

    • ११ आश्विन २०७८, सोमबार
काठमाडौँ काठमाडौँ । दसैँका लागि आजदेखि (२७ गते) सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ । लामो दूरीका सवारीका लागि नयाँ बसपार्कबाट टिकट लिन सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । मङ्गलबार महासङ्घले नयाँ बसपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । अग्रिम टिकट बुकिङका लागि सम्पूर्ण तयारी पूरा भएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो । कहाँ जान कति भाडा ? सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो । छोटो, मध्यम र लामो दूरीको छुट्टाछुट्टै भाडादर कायम गरिएको छ । विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।

साताकाे चर्चित
सम्बन्धित