दोहोरी च्याम्पियनबाट सबैलाई रुवाएर बाहिरियो रिता रावतको टिम, टप ३ मा पनि लड्दै
दोहोरी च्याम्पियनबाट सबैलाई रुवाएर बाहिरियो रिता रावतको टिम, टप ३ मा पनि लड्दै
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

दोहोरी च्याम्पियनबाट सबैको मन जितेको टिम रिता रावत र सबिन आचार्य बाहिरिएका छन।उनीहरु अब टप ३ को लागि लड्ने छन,सबैले सबिन र रिताकै जित हुन्छ भन्दै कमेन्ट गरिरहेको अबस्थामा उनीहरु बाहिरिएको हो।दर्शकको धेरै भोट पाउने टिम मध्यमा सबिन र रिता पनि पर्दछन तर उनीहरु बाहिरिन पुगेका हुन्। केहि भोटले मात्रै उनीहरु आउट भएको पाइएको छ।रिताले आँखाभरी आँसु पार्दै आफु भन्दा अग्रज टिमले जितेकोमा बधाई व्यक्त गरेका छन भने अब टप ३को लागि पनि लडेर अगाडी बढ्ने उनीहरुको भनाइ छ।एता प्रकाश पराजुलीको टिमले भने अत्याधिक भोट पाएको छ।प्रकाश पराजुली र मिना बुढाथोकीले भोट धेरै पाए संगै सबै दर्शक उत्साहित छन।दर्शकको मन जितेको अबस्थामा प्रकाश र मीनाले आफ्नो यात्रालाई थप कायम गरेका छन,अब उनीहरु फाइनलमा लड्ने छन।शोभा कार्की र राजेन्द्र पाठकको टिम मध्ये एक टिम बाहिरिए पछि मिना र प्रकाश संग फाइनल भिड्ने छन।यो हप्ता भने दुवै टिमको दोहोरी उस्तै देखिएको छ।महिला बाटनै राम्रो गाएको अतिथी निर्णायक कृष्ण कंडेलले बताएका छन।दुवै टिममा महिलाको मात्रै दम देखिएको उनले बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित