राज बस्न्यातको नेपाली चलचित्र ‘सकिन भुल्न तिमीलाई’ को ट्रेलर सार्वजनिक
राज बस्न्यातको नेपाली चलचित्र ‘सकिन भुल्न तिमीलाई’ को ट्रेलर सार्वजनिक
    • Bell Sanchar

    • २३ मंसिर २०७८, बिहीबार

निर्देशक राज बस्न्यातद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘सकिन भुल्न तिमीलाई’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

माता कृष्णमाया स्मृति फिल्मसको ब्यानरमा निर्मित ‘सकिन भुल्न तिमीलाई’ को ट्रेलर हाइलाइटस् नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मुख्य भूमिकामा अभिनय गर्नुभएकी नायिका पनाह अधिकारीकै लेखन रहेको चलचित्रको संगीत जन्म राईले गर्नुभएको छ। गीत रचना पनि नायिका अधिकारीकै रहेकाे छ भने द्वन्द्व सम्राट बस्न्यातकाे रहेकाे छ ।

त्यस्तै, चलचित्रकाे छायांकन बिनाेद सापकाेटाले गर्नुभएकाे हाे ।

समिर मियाँको सम्पादन रहेको यस फिल्मको निर्माता तथा निर्देशनको भूमिका स्वयं राज बस्न्यातले गर्नुभएको छ ।

 

 

साताकाे चर्चित
सम्बन्धित