”आइ लभ यु” तामाङ म्युजिक भिडियो सार्वजनिक
”आइ लभ यु” तामाङ म्युजिक भिडियो सार्वजनिक
    • Bell Sanchar

    • १ पुष २०७८, बिहीबार

काठमाडौँ ।

भक्तपुरको तोङबा स्टेशनमा भएको पत्रकार सम्मेलनबाट अन्तराष्ट्रिय तामाङ परिषदको उपाध्यक्ष टासी लामाको प्रमुख आतित्थ्यतामा सार्वजनिक भएको छ । मोडल लाक्पा लामा र पुर्णिमा लामाद्घारा अभिनित नयाँ म्युजिक भिडियो “आइ लाभ यू” हृयाङ टिभी युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

भक्तपुरको तोङबा स्टेशनमा भएको पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय तामाङ परिषदको उपाध्यक्ष तथा प्रमुख अतिथि टासी लामाले भिडियो प्ले गरी सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख अतिथि टासी लामाले भन्नु भयो । “तामाङ समुदायको भेषभुषालाई प्रवद्र्घन गर्नका लागि तामाङ म्युजिक भिडियोहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । आजको आधुनिक युगमा भाषाको विकास सँगै माया प्रतिको मिश्रणले पनि अदृश्यरुपमा संस्कृतिको नेतृत्व गरिरहेका छन् ।

त्यसैकारणले म्युजिक भिडियोले अवश्यनै तामाङ समुदायको हितका लागि केहि न केहि सन्देश दिएका छन् । सफलताको शुभकामना ।” पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल, युवा संघ नेपाल (एमाले) का केन्द्रिय उपाध्यक्ष अमित लामा, र युवा नेता राकेश लामा ब्लोन विशेष अतिथि रहेका थिए । । विशेष अतिथि अमित लामाले अहिलेको राजनीतिक परिवेशमा भाषिक, साँस्कृतिक र मौलिकता बोकेको गीत संगीतको आवश्यकता रहेको बताउनु भयो ।

राजनीतिले जे जति सफलता पाएता पनि भाषाको, सस्कृतिको प्रवद्र्घन गर्न सकेन भने राजनीतिक सफलताले उचाई लिन नसक्ने दाबी गरेका छन् । तर नेपाल रष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलले शब्द अंग्रेजीमा आई लभ यू भनेता पनि तामाङ भाषामा म तिमीलाई नै माया गर्छु भन्न खोजेको होला भनेर पत्रकार मिलन लामा दोङको प्रश्नलाई चिर्न खोजेको थियो ।

विशेष अतिथि तथा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बलले नै भाषा, संस्कृति र मौलिकताको प्रश्न गरिरहदा यो गीतमा मिसिएको अंग्रेजी भाषाले पनि तामाङ भाषाको प्रतिनिधित्व गर्न खोजेको हो कि ? भन्ने प्रश्न उठ्न सकिन्छ । गायक दुत राज लामा र गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको यो म्यूजिक भिडियोमा नायक लाक्पा लामा र नायिका पुर्णिमा लामाले अभिनयद्घारा न्याय दिलाउन पुर्ण प्रयास गरेका छन् ।

पत्रकार सम्मेलनमा कार्यक्रम संचालक सुदिन दोङले ब्योन म्यारो पीडित रविन्स लामालाई बचाउन विशेष अनुरोध गरेको छ । गायक दुतराज लामालाई १५ वर्षको कलिलो उमेरमा ब्योन म्यारो रोगबाट थलिएको थियो तर धेरै साथ सहयोगबाट नयाँ जीवन पाउन सफल भएका थिए । हरेक ब्योन म्यारो विरामीहरुका लागि आइडल हुन सक्छन् दुतराज लामा ।

गायक दुतराज लामाले गीत संगीतमा रुचि देखाएका छन् । म्युजिक भिडियोको बारेमा पत्रकारहरुको तर्फबाट मिसन समृद्घ नेपालको महासचिव तथा पत्रकार मिलन लामा दोङले तामाङ माया प्रेमको म्युजिक भिडियो भनिएता पनि अग्रेजी शब्दले तामाङ मौलिकतालाई छोपिएको हो कि ? भनेर प्रश्न उठाएको थियो ।

साताकाे चर्चित
सम्बन्धित