रजनी लामा र बबि लामाको लोक दोहोरी गीत ‘पिरती लाको’ म्युजिक भिडियो बजारमा
रजनी लामा र बबि लामाको लोक दोहोरी गीत ‘पिरती लाको’ म्युजिक भिडियो बजारमा
    • Bell Sanchar

    • १३ पुष २०७८, मंगलवार

धादिङ । धादिङकी लोकप्रिय गायिका रजनी लामा र नव गायक बबि लामाको स्वर भरिएको काठे लोक दोहोरी गीत ‘पिरती लाको’ बजारमा आएको छ । मिलन फिल्म्स प्रोडक्सनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत गीतलाई बजारमा ल्याएको हो ।

गीतको शब्द सिर्जना उनै गायक लामाले गरेका हुन् भने राजु बिरही सापकोटाले संगीत रहेको छ । मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको म्युजिक भिडियोलाई मिलन फिल्म्सले प्रोडक्सनले नै निर्माण गरिएको हो ।हो । यस्तै सन्जय श्रीपालको रहेको छ ।

 

राजु बिरही सापकोटा निर्देशित सो गीतको म्युजिक भिडियोमा सरोज शाहीको छायांकन र रोशन धितालको सम्पादन रहेको छ । भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको अभिनय देख्न सकिन्छ ।

विशेषगरी धादिङ,नुवाकोट,मकवानपुर,सिन्धुपाल्चोक लगायत यस वरपरका जिल्लाहरुमा गाइने काठे लोक दोहोरी गीत चर्चित छ । महिला र पुरुषबीचमा हुने काठे दोहोरी क्षेत्रमा दर्शक-श्रोताले अध्याधिक माया र समर्थन छ । लोक भाकाको संयोजनमार्फत माया र प्रेम सम्बन्धलाई सुदृढ बनाउन खोजिएको छ । हामीले बोलिने सामान्य भाषाशैलीकै आधारमा शब्दमा निकै जीवन्त र समसामयिक पाउन सकिन्छ । माया त हो,माया सँधै मुटुमा हुन्छ,मायाले जहिल्यै मुटुमा घोच्छ । माया प्रेममा कुनै बाधा नआए,आँधीबेहेरी नचले,एक अर्कालाई बुझ्न सके जीवनमा कसैले कसैबाट धोका खान नपर्ने गीतको निष्कर्ष रहेको छ ।
भिडियो-https://youtu.be/xZHDKeLVsr8

साताकाे चर्चित
सम्बन्धित