बुधबार पनि सार्वजनिक विदा
बुधबार पनि सार्वजनिक विदा
    • Bell Sanchar

    • ५ माघ २०७८, बुधबार

जनकपुरधाम । मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक विदा दिइएको छ ।

नाम र राजधानी पाएको खुशीमा मंगलवार सार्वजनिक विदा दिएको प्रदेश सरकारले विदा एकदिन थपेको हो ।

बुधबार बलिदानी दिवसस्वरुप विदा दिइएको हो । ०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए । उनैको स्मृतिमा बुधबार बलिदानी दिवसको कार्यक्रम तय भएको लहान नगर समितिका अध्यक्ष दिनेश महतोले बताउनुभयो ।

सोमबार मात्र प्रदेशसभामा भएको मतदानबाट प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुरधाम टुँगो लागेको थियो । यसैको खुशीयालीमा प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित