तिलक थापाको सम्भावना बलियो, माओवादी केन्द्र नीलकण्ठद्वारा प्रमुखमा ४ जना शिफरिस
तिलक थापाको सम्भावना बलियो, माओवादी केन्द्र नीलकण्ठद्वारा प्रमुखमा ४ जना शिफरिस

माओवादी केन्द्र, नीलकण्ठले मेयर पदको उम्मेदवारको लागि तिलक थापामगर, मनराज भण्डारी, कमल सापकोटा र शम्भु श्रेष्ठको नाम छनोटको लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

    • Bell Sanchar

    • ५ बैशाख २०७९, सोमबार

काठमाडौँ,

धादिङ, नीलकण्ठ नगरपालिकोको प्रमुख र उप प्रमुखको उम्मेदवारको लागि चार जनको दावी परेको छ । सत्ता गठबन्धनको सहमतिका नजिक पुगीरहंदा अन्तरपार्टी उम्मेदवार छान्ने प्रक्रिया पनि गरिरहेका छन् । माओवादी केन्द्र नीलकण्ठ नगरको बैठकले मेयर र उप मेयरको म्मेदवारको लागि मा दावी आएका नामहरु माथिल्लो कमिटीमा पेस गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्र, नीलकण्ठले मेयर पदको उम्मेदवारको लागि तिलक थापामगर, मनराज भण्डारी, कमल सापकोटा र शम्भु श्रेष्ठको नाम छनोटको लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

त्यस्तै उप प्रमुख उम्मेदवारको लागि सोम्बोले तामाङ (अक्कल), दिपक विश्वकर्मा, रामचन्द्र सामरी, रुद्रबहादुर खत्री, सरला धमला, बद्री सुवेदी, ध्रब थापा, सिता भण्डारी –अन्जना) र निशा मजाकोटी गरि ९ जनाको नाम सिफारिस गरेको छ ।
नीलकण्ठ प्रमुखको उम्मेदवारको दावेदार तिलक थापा मगर नीलकण्ठ नगरपालिका ११ का वडा अध्यक्ष हुनुहुन्छ । माओवादी केन्द्रमा रहेर लामो समयदेखि राजनीतिमा आवद्ध थापा सबैलाई मिलाएर लैजानसक्ने क्षमता भएका निष्ठावान व्यक्तिको रुपमा पार्टीमा चिनिन्छ । आफुले पाएको जिम्मेवारीलाई सफलतापूर्वक अवतरण गर्दै आउनु भएको छ ।

पर्यटन व्यवसायी समेत भएकाले ग्रामिण पर्यटन विकासलाई नै विकासको मुल मन्त्र बनाउनु पर्नेमा उहाँको जोडछ । ०७४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका उहाँले वडाको विकासको लागि अहोरात्र लागीपर्नु भएको छ । राजनीतिलाई आर्थिक उपार्जनको पेशा बनाउनु हुन्न भन्ने कम्युनिस्ट सिद्धान्तमा बिश्वास राख्ने थापा वडाको विकास र जनताको समस्यालाई नै सर्वोपरि मानी काम गर्नुभएकोले राजनीतिमा उहाँको सम्भावना बलियो हुँदै गएको छ । नीलकण्ठ नगरपालिकाको प्रमुखमा त्यागको आधारमा टिकट दिनुपर्दा थापालाई दिनु पार्टीको औचित्य समेत सावित हुनेछ । त्यसैले प्रमुखमा दावेदार थापाले नै टिकट हात पार्ने प्रबल सम्भावना रहेको पार्टेका जानकारीहरु बताउँनुहुन्छ ।

मेयर पदका दावेदार कमल सापकोटा माअ‍ेवादी केन्द्र उपत्यका विशेष प्रदेशका सचिव हुनुहुन्छ । उहाँ पर्यटन व्यवसायसँगै टुकी नेपाल मार्फत समाजिक सेवा गर्दै आउनु भएको छ । मनराज भण्डारी र उप मेयरका दावेदार सिता भण्डारी श्रीमान श्रीमती हुन् । मनराज भण्डारी ०७४ सालको स्थानीय तहको निर्वाचनमा उप मेयरमा निर्वाचित भएका थिए । यस्तै मेयरमा दावी गर्ने त्यसै गरी मेयर पदका अर्का आकांक्षी शम्भु श्रेष्ठ माओवादी केन्द्र नीलकण्ठको अध्यक्ष हुन् ।

उप प्रमुख पदका प्रमुख दावेदारका रुपमा रहेका सोम्बोले तामाङ (अक्कल) माओवादीको जनयुद्धकालिन नेता हुन् । माओवादी केन्द्र उपत्यका विशेष प्रदेश कमिटीका सह सचिव समेत रहेका उनी ०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवारी दावी गरेका थिए । सहिद परिवार सदस्य तामाङ पार्टीले उप प्रमुख पाउँदा आफुले उपमेयर पद नछाड्ने बताउँछन् ।

साताकाे चर्चित
सम्बन्धित