घडीको कर नतिरेपछि शाहरूखलाई विमानस्थलमा रोक्यो भन्सार विभागले
घडीको कर नतिरेपछि शाहरूखलाई विमानस्थलमा रोक्यो भन्सार विभागले

भारतीय सञ्चारमाध्यमका अनुसार जरिवानाको रकम शाहरुखको क्रेडिट कार्डबाट तिरिएको छ।

    • Bell Sanchar

    • २७ कार्तिक २०७९, आईतवार

बलिउड अभिनेता शाहरूख खानलाई मुम्बई विमानस्थलमा भन्सार विभागले रोकेको छ।

विमानस्थलमा तैनाथ एयर इन्टिलिजेन्स युनिट (एआइयु)को सुत्रका अनुसार शुक्रबार राति शाहरूख शारजाहबाट भारत फर्किदै थिए। भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार भन्सार विभागले उनलाई कर नतिरेको भन्दै विमानस्थलमा रोकेको हो

उनको साथमा महंगो घडी र त्यसको कभर थियो जसको मूल्य १८ लाख भारु बताइएको छ। यो घडीको लागि शाहरूखले ६ लाख ८३ हजार भारु भन्सार शुल्क समेत तिर्नुपर्‍यो।

शाहरूख निजी चार्टर्ड विमानबाट शुक्रबार करिब साढे १२ बजे मुम्बई आइपुगेका थिए। टी-३ टर्मिनलमा राति करिब १ बजे भन्सारको रेड च्यानल पार गर्ने समयमा भन्सार अधिकारीहरूले शाहरूख र उनको टिमलाई रोकेको हो।

उनको ब्यागको जाँच गर्दा बबुन र जरबिके घडी, रोलेक्स घडीका ६ डिब्बा, स्प्रिट ब्रान्डको घडी र एप्पल सिरिजका घडी भेटिएका थिए। घडीको खाली बाकस पनि भेटिएको थियो।

एयरपोर्टमा एक घण्टासम्म चलेको सोधपुछपछि शाहरूख र उनकी म्यानेजर पूजा ददलानलाई छाडिएको थियो भने उनका बडिगार्ड रवि र टिमलाई रोकिएको थियो। बडिगार्ड रविले नै ६ लाख ८७ हजार भन्सार शुल्क तिरेको दैनिक भाष्करमा उल्लेख छ।

भन्सार विभागको प्रक्रिया शनिबार बिहानसम्म चलेको थियो। बिहान ८ बजे प्रक्रिया पूरा भएपछि भन्सार विभागका अधिकारीले रविलाई छोडेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार जरिवानाको रकम शाहरुखको क्रेडिट कार्डबाट तिरिएको छ।

शाहरुख ११ नोभेम्बरमा युएईको एक्स्पो सेन्टरमा पुगेका थिए। शाराह इन्टरनेशनल बुक फेयर २०२२ को ४१ औँ संस्करणमा सहभागी भएपछि उनलाई ग्लोबल आइकोन अफ सिनेमा एण्ड कल्चरल नरेटिव अवार्डबाट सम्मानित गरिएको थियो।

साताकाे चर्चित
सम्बन्धित