लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा सुरु हुँदै
लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा सुरु हुँदै
    • Bell Sanchar

    • १९ फाल्गुन २०७९, शुक्रबार

काठमाडौं । लोक सेवा आयोगहरुको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको धनगढीमा सुरु हुँदैछ ।

लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा धनगढीको रुबस होटलमा आयोजित सम्मेलनमा केन्द्रीय कार्यालयका साथै प्रदेश लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरु सहभागी छन् ।

सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा केन्द्र र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निचोड निकालिने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सम्मेलनका उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए ।

यसअघि लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन २०७७ सालमा फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा तथा दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३ र २४ गते रुपन्देहीको भैरहवामा आयोजना गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित