कक्षा १२ को परिक्षा केन्द्र भैरव मावि नराकोटमा २८१ विद्यार्थी सहभागी
कक्षा १२ को परिक्षा केन्द्र भैरव मावि नराकोटमा २८१ विद्यार्थी सहभागी
    • उमेश बुढा

    • ३० बैशाख २०८०, शनिबार

जुम्ला ।

जुम्लाको भैरव माध्यमिक विद्यालय सिँजा ३ नराकोटमा कक्षा १२ को परिक्षा केन्द्रमा २ सय ८१ जना विद्यार्थी सहभागी भएका छन् ।

कक्षा १२ को परिक्षा सञ्चालन बैशाख २६ गतेबाट सुरु भएको र परिक्षाको तेस्रो दिनमा २ सय ८१ जना मध्ये २ सय ५७ विद्यार्थी समाबेश भएको केन्द्रा अध्यक्ष मान वहादुर रोकायाले बताउनु भयो ।

परिक्षामा छात्रा १३ जना र छात्र ११ जना अनउपस्थिति भएका थिए रोकायाले भने, कक्षा १२ को परिक्षा दिन ४ विद्यालयका विद्यार्थी सहभागी भएका छन् ।

परिक्षा शान्त मर्यादित रुपमा चलिरहेको राष्ट्रिय परिक्षा वोर्ड प्रदेश कार्यालय विरेन्द्रनगर सुर्खेत शाखा पर्यवेक्षक धनराज शाहीले बताए ।

राहदेव माध्यमिक विद्यालय हिमा ३ मोप्ला , कैलास माध्यमिक विद्यालय सिँजा ५ फुग्र, मालिका माध्यमिक विद्यालय सिँजा २ धाँपा र कनका सुन्दरी माध्यमिक विद्यालय कनका सुन्दरी ५ लुड्कू परिक्षा केन्द्र भैरव माध्यमिक विद्यालयमा सहभागी भएको पर्यवेक्षक शाहीले बताए ।

बैशाख २६ गतेबाट सञ्चालन भएको कक्षा १२ को परिक्षा जेठ ५ गते सकिने छ ।

साताकाे चर्चित
सम्बन्धित