काठमाडौँ प्रहरीको आफ्नै भवन १ अर्ब २९ करोड लागतमा तयार भयो
काठमाडौँ प्रहरीको आफ्नै भवन १ अर्ब २९ करोड लागतमा तयार भयो
    • Bell Sanchar

    • २४ असार २०८१, सोमबार

काठमाडौँ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति, सुरक्षा र अपराध अनुसन्धानको काम गर्न थालेको छ । काठमाडौँ प्रहरीले टेकुस्थित आयल निगमको भवनबाट आइतबार भद्रकालीमा सरेको हो ।

निर्माण कम्पनीसँग सम्झौता भएको करिब ४ वर्ष ४ महिनामा भवन निर्माण सम्पन्न भएको छ । १ अर्ब २९ करोड लागतमा अत्याधुनिक भवन बनेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले लाई बताए । बेसमेन्टसहित १० तलाको भवन १५ रोपनीमा फैलिएको छ ।दुई वटा ब्लकमा ब्यारेक, प्रशासन, क्यान्टिन, हिरासत कक्ष छन् ।

भवनको क्षेत्रफल १ लाख ८२ हजार स्क्वायर फिट रहेको एसएसपी रजौरेले बताए । प्रहरी प्रधान कार्यालयले २०७६ फागुनमा ३० मा निर्माण सम्झौता गरेको थियो । लुम्बिनी–खानी–समानान्तर जेभीले पहिलो चरणको निर्माण र बुद्ध–पशुपति–शिवजी जेभीले दोस्रो चरणमा भवन पुरा गरेका हुन् ।

मन्त्रिपरिषद्ले खाद्य संस्थानको जग्गा खरिद गरेर प्रहरीको भवन बनाउने निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढेको थियो । भवन तयार भएसँगै लामो समयदेखि टेन्टमा बसेर सुरक्षा खटिनुपर्ने काठमाडौँ प्रहरीको बाध्यता अन्त्य भएको छ ।

नयाँ भवनमा सेवाग्राहीलाई सास्ती नहुने गरी व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले लाई बताए । उनले भने– ‘सुरुमा नागरिक सहायता कक्ष राखेर हामीले सेवाग्राहीलाई सहजीकरण गरेका छौँ ।’

साताकाे चर्चित
सम्बन्धित