सांगीतिक बजार तताउँदै गायक, संगीतकार तथा मोडल प्रविन्स् मोक्तानको“ हेटौडा बजार ” बोलको गीत (भिडियो सहित)
सांगीतिक बजार तताउँदै गायक, संगीतकार तथा मोडल प्रविन्स् मोक्तानको“ हेटौडा बजार ” बोलको गीत (भिडियो सहित)
    • Bell Sanchar

    • १३ जेष्ठ २०८१, आईतवार

काठमाडौं ।

चलचित्र तथा गीत संगीतको क्षेत्रमा लामो समय संघर्ष गर्दै आएका गायक,संगीतकार तथा मोडल प्रविन्स् मोक्तानले यति बेला भने आम दर्शक श्रोतालाई मनोरन्जन दिने उदेश्यले “ हेटौडा बजार ” बोलको सेलो बजारमा ल्याएका छन् । कुमार स्याङ्तानको शब्द रहेको यो गीतमा श्वर र संगीत प्रविन्स् मोक्तानको रहेको छ भने एरेन्ज शुक्र दोङको रहेको छ ।

ल्हासो रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्स÷मास्टरिङ दिपेश प्रधानले गरेका हुन् । प्रविन्स् मोक्तान, जमुना घिसिङ र युवराज घिसिङको मुख्य अभिनय रहेको यस गीतको छायांकन तथा सम्पादन कृष्ण ब्लोन को रहेको छ भने नृत्य निर्देशन तथा कथा निर्देशन मिङ्मा योञ्जनले गरेका हुन् ।

गीतलाई कृष्ण ब्लोन अफिसियल युटुब बाट प्रशारण गरिएको छ । यस अघि पनि थुप्रै गीत तथा चलचित्रहरु बजारमा ल्याई सकेका प्रविन्स् मोक्तानले गीत संगीत लाई आफ्नो जीवन संग जोडेर अगाडी बढ्न सके अझ राम्रो र परिस्कृत श्रृजनाहरु दर्शक श्रोतमा पस्कन सकिने धारणा व्यक्त गरेका छन् ।

यो भिडियो हेर्नुस्

साताकाे चर्चित
सम्बन्धित